अछाममा बेपत्ता मध्ये, ६ मृतकमा ३ को सनाखत

अछाममा बेपत्ता मध्ये, ६ मृतकमा ३ को सनाखत

कैलाली । अछामको रामारोशन गाउँपालिका–५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा बेपत्ता भएका ११ जना अझै भेटिएका छैनन् ।

बुधवार बिहान १ बजे कैलाश खोलामा आएको बाढीले बस्ती बगाउँदा १७ जना बेपत्ता भएका थिए । तीमध्ये ६ जनाको शव बुधबार साँझसम्म भेटिएको थियो । अझै ११ जना बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी अहिले पनि बेपत्ताहरूको खोजीमा छन्,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले भने, ‘हिजो राति अबेरसम्म पनि उनीहरुको खोजी भइरहेको थियो ।’

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बाढीले बेपत्ता परेकाहरु तल्लो तटीय क्षेत्रमा पुगेको हुन सक्ने अनुमान गरे । उनले भने ‘अहिले खोजीका लागि डोटी र कैलाली जिल्लामा समेत समन्वय भइरहेको छ ।’

बाढीमा बगेर ३ जना घाइते भएका थिए । उनीहरुको उद्धारपश्चात स्थानीय स्वास्थ्य चौकीमै उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार न्यूनतम २२ घरधुरी बाढीले बगाएको छ । ९ ओटा झोलुङ्गे पुलमा र ५ लघु जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ ।

‘४ मोटरसाइकल, एउटा एम्बुलेन्स र २ ओटा साना गाडीसमेत बाढीले बगाएको छ,’ प्रजिअ उपाध्यायले भने, ‘ठूलो संख्यामा पशु चौपाया पनि बगाएको जानकारी प्राप्त भएको छ ।’

बाढीले बगाउँदा मृत्यु भएका ६ जनामध्ये अहिलेसम्म ३ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार अछाम रामारोशन गाउँपालिका ४ का १२ वर्षीय नवीन साउद, वडा नम्बर ५ का अन्दाजी ३३ वर्षीय गौरी शाह र चन्द्र साउद मृत अवस्थामा फेला परेका थिए । अन्य तीन जनाको अझै सनाखत हुन नसकेको उनले जानकारी दिए ।

मृतक नवीन साउदको शव परिवारलाई बुझाइएको छ भने ५ जनाको शव जिल्ला अस्पताल अछामको शव गृहमा राखिएको छ ।

उच्च जोखिममा रहेका १७ परिवारका करिब ७० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई हाल मेल्लेख गाउँपालिका वडा नम्बर ५ स्थित नन्दा देवी आधारभूत विद्यालय र कैलेस्वरी प्राविमा राखिएको डिएसपी थापाले बताए ।

प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij