कपिलवस्तु
कपिलवस्तु थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यलय कपिलवस्तुका अनुसार आज मात्र थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमित सबै समुदायका रहेका छन् । यहि साउन ३१ गते कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रदेखि संकलन गरिएको ३२९ नमुना मध्ये २४ पोजेटिभ आएको छ भने ८७ रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै २१८ नतिजा प्रतीक्षामा छ । आज थप २४ जनामा कोरोना पुष्टि भएसंगै कपिलवस्तुमा सन्क्रमितको संख्या १००६ पुगेको छ । आज थपिएका संक्रमित सबै कृष्णनगर नगरपालिकाका रहेका छन् ।
प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्