मलमा अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाली कांग्रेसको माग

मलमा अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाली कांग्रेसको माग

काठमाडौं ।
नेपाली कांग्रेसले मल आयातमा भइरहेको ढिलाइ र अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । रासायनिक मलको अभावमा किसानको खेतमा धान पहेलिन थाल्दा पनि मल नपाइनुले सरकार कृषि र कृषकप्रति उदासिन रहेको प्रष्ट हुने कांग्रेसको भनाइ छ ।

कांग्रेसको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले विज्ञप्ति जारी गरी सरकारले मल उपलब्ध नगराएर किसानलाई कृषि पेशाप्रति निरुत्साहित पारेको बताएका छन् ।‘गरिब किसानहरुले दुःखकष्टका साथ लगाएको धानबालीनाली पहेलिएको अवस्थामा समयमै मल नहाल्दा बाली विग्रीने, उत्पादनमा ह्रास आउने र जसको कारण भविष्यमा भोकमरी सिर्जना हुने अवस्थालाई ध्यानमा राखी सम्बन्धित सबै निकाय गम्भीर हुन जरुरी छ’ विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारी, बाढीपहिरो र डुवानको समस्या झेलिरहेका किसान मल अभावले थप पीडामा परेको भन्दै कांग्रेसले तत्काल सुलभ रुपमा मल उपलब्ध गराउन माग गरेको छ ।

‘कृषकहरुको पीडावोध गरी तत्काल निकासको बाटो खोजी सहज तथा सुलभका साथ मल उपलब्ध गराउनका लागि सरकार समक्ष जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘यसै गरी हिउँदे वालीको लागि कृषकलाई आवश्यक पर्ने मलको अभाव हुन नदिन पूर्व तयारी गर्न र गम्भीर हुनका लागि सचेत गर्दछौं ।’

प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij