राहतमा जुट्न नेविसंघको विद्यार्थीलाई आह्वान

राहतमा जुट्न नेविसंघको विद्यार्थीलाई आह्वान

काठमाडौँ । नेपाल विद्यार्थी संघ नेविसंघले देशभर बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले बिहिबार एक विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकको बाह्रविसे, जुगल गाउँपालिका, बाजुराको बुढीनन्दा नगरपालिका, अछामको रामरोशन गाउँपालिकामा गएको बाढी पहिरोमा मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेका हुन्।

“बाढी, पहिरो र डुवानका कारण प्रभावित उद्धार र राहत कार्यमा सरकारले तदारुकता देखाई घाइतेको अविलम्ब निःशुल्क उपचारको व्यवस्था मिलाउन नेविसंघ माग गर्दछु”, अध्यक्ष ढुङ्गानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ । नेविसंघका महामन्त्री दिपक भट्टराईले बाढी पहिरोका कारण घरवार विहिन भएकालाई पुनर्वास तथा दिर्घकालीन जीवीकोपार्जनको व्यवस्था मिलाउन आग्रह गरे । महामन्त्री भट्टराईले भने,ु हामीलाई संकटमाथी विपत थपिएको छ। हाम्रो शुभेक्षा सरकार संवेदनशील बनोस्, केबल सत्ता होईन संकटतर्फ पनि ध्यान केन्द्रित गरोस्। सम्पूर्ण नेविसंघका साथीहरूलाई कोरोनाको सतर्कतासंगै उद्धार तथा राहत कार्यमा जुट्न समेत अनुरोध गर्दछौ। नेविसंघले विद्यार्थीलाई विपद्को समयमा उद्धार र राहतमा जुट्नसमेत आह्वान गरेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij