नेपालमा सोमबार थप ८ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप आठ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सुनसरीका ६८ वर्षीय पुरुष, माेरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडाैंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५४ र ५ं३ वर्षीय पुरुषहरूकाे काेराेनाबाट ज्यान गएकाे जानकारी दिए ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।
सोमबार २४६ महिला र ४९७ पुरुष गरी थप ७४३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या ३२ हजार ६७८ पुगेकाे छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १८ हजार ८ सय पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : सोमबार, भाद्र ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्