भैरहवा-लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले आफ्ना सदस्यहरुको कोरोना बीमा गराएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसंग बीमालेख सम्झौता गरी २२ जना सदस्यहरुको कोरोना बीमालेख जारी गराइएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष अरुण कुमार मिश्राले बताए ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै क्लबका सदस्यहरुलाई आगामी दिनमा आइपर्ने समस्याबाट राहत होस् भन्ने उद्देश्यले बीमा गराइएको बताए ।
सोमबार युनाइटेड इन्स्यारेन्स भैरहवा शाखाका सिनियर असिस्टेन्ट अमृता कलवारले कोरोना बीमालेख क्लबका अध्यक्ष मिश्रा र सचिव राजन शुक्लालाई हस्तान्तरण गरिन् ।
पीसीआर रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएमा युनाइटेड इन्स्योरन्सले बीमा गराएका सम्बन्धित क्लबका सदस्यलाई एक लाख उपलब्ध गराउनेछ ।
सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले वर्ष २०२०/२१ अन्तर्गत वृद्धाआश्रममा खाद्यान्न सामाग्री वितरण, मर्चवार क्षेत्रमा बाढीप्रभावितलाई खाद्यान्न सामाग्री प्रदान, भैरहवामा हात धुन मिल्ने पानी टंकी जडान र मृगौलापीडितलाई आर्थिक सहयोग गरिसकेको क्लबका सह–सचिव सुमेर विक्रम खांणले बताए ।
प्रकाशित मिति : सोमबार, भाद्र ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्