नेपालमा युरिया मल भित्रन शुरु

नेपालमा युरिया मल भित्रन शुरु

काठमाडौं ।

सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई) बाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै मल ल्याउन थालिएको हो । कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

अहिले मल युएइबाट ल्याई भारतको कोलकत्तास्थित बन्दरगाहमा राखिएको छ । सो मललाई कोलकत्ताबाट वीरगञ्ज र विराटनगर हुँदै नेपालमा ल्याउन थालिएको हो । उनका अनुसार मङ्गलबारदेखि नेपालमा मल नेपाल आउन थालेको छ ।

हिजोमात्र तीन हजार मेट्रिकटन मल नेपाल भित्रिएको हो । वीरगञ्जबाट दुई हजार ५०० मेट्रिकटन र विराटनगरबाट ५०० मेट्रिकटन नेपाल आएको उनले बताए । उक्त मल प्रदेश नंं १ बाहेक सबै प्रदेशमा वितरण गरिने उनले जानकारी दिए ।

वीरगञ्जमा रेलमार्फत २७ हजार ५०० मेट्रिकटन र विराटनगर ट्रकमार्फत पाँच हजार मेट्रिकटन मल कोलकत्ताबाट आउँदैछ । “एक दिन बिराएर अब भोलिदेखि एकपटकमा दुई हजार ५०० मेट्रिकटन मल नियमति वीरगञ्ज आउनेछ”, उनले भने, “ विराटनगरबाट भने कोलकत्ताबाट ट्रकमा मल आउनेछ ।” करिब १५ दिनमा नेपालमा ल्याउन थालेको मल सबै आइपुग्दछ ।

उहाँले मल आउन थालेपछि हप्ता दिनमा मल सबै किसानले सहज पाउने बताउनुभयो । यसरी आएको मल साल्ट ट्रेडिङ लिमिटेडका डिपोबाट कृषकलाई वितरण हुनेछ ।

धान रोपाइ गरेपछि दुईपटक युरिया मल हाल्ने गरिन्छ । एकपटक धान रोपेको एक महिनापछि र अर्कोपटक बाला निस्कने बेलामा मल हाल्ने गरिन्छ । धान रोप्नेबेला भने पोटास र डिएपी मल हालिन्छ ।

नेपालमा मल आएसँगै करिब १० लाख कृषकले धानमा मल प्रयोग गर्न पाउनेछन् । कोलकात्ताबाट वीरगञ्जसम्म रेलमा आउने छ र त्यहाँ सुख्खा बन्दरगाहाबाट नेपालका विभिन्न साल्ट टे«डिङका डिपोमा पुर्याइनेछ ।

अहिले ल्याउन थालिएको मलले यो वर्ष रोपिएका सबै धानलाई पुग्ने मन्त्रालयका प्रवक्ता डा केसीले बताए । “केही किसानले जेठ महिनामा वितरण गरिएको मल परी मौज्जाद राखेका छन् । पहाडका किसानले गोबर र कम्पोष्ट मल प्रयोग गर्दछन्”, उनले भने, “त्यसैले अहिले ल्याउन थालिएको मल रोपिएका धानलाई प्रशस्त्र पुग्दछ ।”

कोभिड–१९ को ले गर्दा सबै मानिस आफ्नो घर गएकाले यस वर्ष सबैभन्दा धेरै ९८ प्रतिशत रोपाइँ भएको छ । यस वर्ष करिब मन्त्रालयका अनुसार १३ लाख ४७ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ । नेपालमा वर्षेनी सैद्धान्तिक हिसाबले डिएपी, पोटास र युरिया गरी करिब आठ लाख मेट्रिकटन मल आवश्यक रहेको छ ।

व्यावहारिकरुपमा साढे पाँच लाख मल वर्षेनी चाहिने मन्त्रालयका प्रवक्ता डा केसीले बताए । नेपालमा वर्षेनी दुईदेखि तीन लाख मेट्रिकटन मल आयात हुने गरेको छ । उनले हाइब्रिड खालका धान, मकै र आलुलाई मात्र रासायनिक मल आवश्यक हुने र अन्यका लागि यहीकै स्थानीय कम्पोष्ट र गोबर मल चाहिने बताए । रासस

प्रकाशित मिति : बुधबार, भाद्र १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij