पाल्पा । पाल्पामा समुदायस्तरमा बढ्दो कोभिड संक्रमण रोक्न थप एकहप्ता निषेधाज्ञा बढाइएको छ । जिल्ला स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितीको बैठकले कोरोना सक्रमण जोखिम न्युनिकरणको लागी थप भदौ १३ गते देखी लागु हुने गरी भदौ १९ गते सम्म निषेधााज्ञा थपिएको सिसिएमकी पाल्पाका संयोजक प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । समुदाय स्तरमा कोरोना सक्रमण जोखिम बढ्दै गएको भन्दै यस अघि भदौ ५ गतेदेखि १२ गते सम्म निषेधाज्ञा जारी गरिएको थियो । छिमेकी जिल्लामा बढ्दै गएको कोभिड १९ को संक्रमण रोक्न पाल्पामा थप एकहप्ते निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
निषेधाज्ञाको समयभरी सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरा, बैक तथा वित्तिय संस्था, सैलुन हाडवेयर, व्युटीपार्लर,सूनचादी, टेलरिङ्ग, उधोग कलकारखाना पुर्णरुपमा बन्द रहने छन । निषेधाज्ञाको समयमा दुई तथा चार पाङग्रे निजी तथा सार्वजनिक सवारी साधन संचालनमा रोक लगाईएको प्रजिअ न्यौपानेले बताए । निेषेधाज्ञाको अवधीभर विहान ७ बजे देखी ११ बजेसम्म खाधान्य, दुधडेरी, औषधी पसल, पेट्रोलपम्प, तरकारी फलफूल पसल मात्र संचालन गर्न पाउने छन । एम्वुलेन्समा चालक, विरामी र कुरुवा बाहेक अन्य यात्रुहरु राखेमा कडा कारवाही गर्ने, खाधान्य, दुध तरकारी जस्ता सवारी साधनमा चालक र सहचालक मात्र रहने व्यबस्था गरिएको प्रजिअ न्यौपानेले बताए । जिल्ला भित्रिने र बाहिरिने नाकाहरु चेकजाँच लाई थप कडाई गरिएको प्रजिअ न्यौपानेले बताए ।
पाल्पामा हालसम्म ५७३ जनामा कोरोना सक्रमण भएकोमा ५६१ जना निको भएको १ जनाको मृत्यु भएको छ भने ११ जना आईसोलेसमा उपचाररत रहेका छन । पाल्पामा हालसम्म ५ हजार ३ सय ५० जनाको पिसिआर परिक्षण भएको छ । पाल्पाको तानसेन नगरपालिकामा २ जना, रामपुरमा २ जना र तिनाउँ गाउँपालिकामा एक जनामा समुदायस्तरमा कोरोना सक्रमण देखिएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्