बुटवल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि होम आइसोलेसनमा बसेका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को कार्यालय छाउनीमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्री होम आइसोलेसनमा बसेका हुन् ।
कार्यालयमा चिया पु¥याउने कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती कर्मचारीमा कोरोना पुष्टि भएपछि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल पनि होम आइसोलेसनमा बसेका छन् ।
मन्त्रीहरूको पिसीआर परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्