भारतले चीनमा विकसित पबजीसहित ११८ मोबाइल एप्सलाई प्रतिबन्ध गऱ्यो

भारतले चीनमा विकसित पबजीसहित ११८ मोबाइल एप्सलाई प्रतिबन्ध गऱ्यो

काठमाडौं । भारतले चीनमा विकसित पबजीसहित ११८ मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ ।

सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतको सूचना प्रविधि मन्त्रालयले चीनमा बनेका मोबाइल एप्सहरु आफ्नो देशमा नचल्ने बनाएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ती एप्सहरु भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोकतान्त्रिक व्यवस्थाविरुद्धको गतिविधिमा लिप्त भएकाले प्रतिबन्ध लगाएको उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘यो कदमबाट भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हितको रक्षा हुने छ । यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्य अनुसार गरिएको हो ।’

भारतले चीनमा विकसित एप्सहरुको माध्यमबाट मोबाइलका डाटा चोरी गरेको आरोप लगाएको छ ।

भारत सरकारले यसअघि जुन महिनामा पनि लद्दाखमा चिनियाँ सेनासँग भिडन्त भएपछि चीनसँग सम्बन्धित ५९ मोबाइल एप्स बन्द गरेको थियो, जसमा टिकटकसमेत समावेश छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij