काठमाण्डौ,आज प्रदेश १ र गण्डकी प्रदेशको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
देशका अरु ठाउँमा भने सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज दिउँसो देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
राति पनि प्रदेश १ र गण्डकी प्रदेशको एक, दुई ठाउँबाहेक अरु ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले पानी पार्ने कुनै पनि प्रणाली नेपालमा नभएकोले देशका सबैजसो ठाउँमा ठूलो पानी वा झरी पर्ने सम्भावना छैन ।
भोलि र पर्सि पनि देशभरकै मौसम आंशिकदेखि सामान्य बद्ली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्