पाल्पा ।
पाल्पामा भोली देखि अन्तरजिल्ला सवारी आवागमनमा थप कडाइ गरिने भएको छ ।
शुक्रबार बसेको जिल्ला कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समितिको बैठकले भोली भदौ २० देखि अन्तरजिल्ला सवारी आवागमनमा थप कडाइ गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्ला भित्रको आन्तरिक खुला गतिविधि भने खुला गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय छीमेकी जिल्लाहरुमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएकोले अन्तर जिल्ला आवागमनमा कडाइ गर्ने निर्णय गरिएको बैठकमा सहभागि एक सदस्यले जानकारी दिए ।
पाल्पामा जिल्लामा हाल २४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
अहिलेसम्म १९ जना व्यक्ति आइशोलेसनमा बसेका छन् ।
पाल्पामा कोरोना संक्रमित हुनेको संख्या ५ सय ८९ पुगेको छ । संक्रमितमध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन् भने २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पाल्पामा जारी गरिएको निशेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिदै छ ।
जिल्लाबाट पिसिआर परिक्षणका लागि पठाइएको ५ सय जनाको स्वास्वको नतिजा आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्