आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको चौधौ राष्ट्रिय दिवश

आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको चौधौ राष्ट्रिय दिवश

बुटवल – आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको चौधौ राष्ट्रिय दिवश । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित “महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२” लाई २०६३ भाद्र २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ साल देखि प्रत्येक वर्ष भाद्र २० का दिन यो दिवश मनाईदै आएको छ ।
“मानव बेचबिखन तथा ओसारपसारको अन्त्यः सुसंस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य” नाराको मनाउन लागिएको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको चौधौ राष्ट्यि दिवशको अवसरमा  प्रदेश नं ५ सामाजिक विकास मन्त्री सुदर्शन वरालले शुभकामना व्यक्त गर्नु भएको छ ।
दिवशको अवसरमा जारी गर्नु भएको शुभकामना सन्देशमा मन्त्री वरालले दिवशले मानव वेचविखन तथा ओसारपसार विरुद्ध सवै जनसमुदायलाई एकजुट बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको उल्लेख गर्नु भएको छ ।  ‘मानव बेचविखन तथा ओसारपसार एक जघन्य अपराध हो । २१ औं शताब्दीको यस सभ्य युगमा समेत  यस्ता  अपराध हुनु मानवजातिको लागि एक कलंक हो । चौधौ दिवशको यस अवसरमा हामीले यो कलंकलाई निर्मुल पार्ने संकल्प गरौ ।’ शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरितका कार्य गर्न बाध्य तुल्याइने अवस्था अहिले पनि यदाकदा देखिएको जनाउदै मन्त्री वरालले यस प्रकृतीका अपराधले मानव वेचविखन विरुद्धको अभियानलाई चुनौती थपेको उल्लेख गर्नु भएको छ । ‘ अझ यस्तो अपराधबाट महिला तथा बालवालिकाहरु वाम्वार पिडित हुने घटनाहरुले हामीलाई थप संवेदनशील बनाएको छ ।’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
‘राज्य संयन्त्रको सुदृढिकरण गर्दै यस अपराधमा संलग्न जो सुकैलाई कडा दण्ड सजायको प्रभावकारी कार्यान्वय र समाजको आमुल परिवर्तन नै यो समस्याको दिर्घकालिन समाधान हो भन्नेमा हामी स्पष्ट छौं । मानव बेचविखन तथा ओसारपसारलाई पुर्ण रुपमा नियन्त्रणमा लिने सरकारको अभियानलाई सहयोग गर्नु सवैको दायित्व हो । यो दिवशले हामी सम्पुर्ण सचेत अभियान्ताहरुमा दायित्ववोध गराउनेछ ।’  सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : शनिबार, भाद्र २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij