बुटवल-विश्वमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या नौ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा चार हजार दुई सय १७ जनाको ज्यान गएसँगै मृत्यु हुने संक्रमितको संख्या नौ लाख सात सय ७३ पुगेको हो । विश्वमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड ७७ लाख १८ हजार एक सय ३८ पुगेको छ । एकै दिन दुई लाख ३७ हजार ८५ संक्रमित थपिए ।
एक करोड ९८ लाख तीन हजार छ सय ३३ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । ७० लाख १३ हजार सात सय ३२ जना उपचाररत रहेकोमा ६० हजार तीन सय चार जनाको अवस्था गम्भीर छ ।
विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म एक लाख ९३ हजार नौ सय ५५ जना संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन चार सय २१ जनाले ज्यान गुमाए । हालसम्म ६५ लाख ११ हजार पाँच सय ३७ जनामा संक्रमण पुष्टि भएको छ ।
३७ लाख ८७ हजार पाँच सय ७३ जना उपचारपछि घर फर्किएका छन् । २५ लाख ३० हजार नौ जना उपचाररत रहेकोमा १४ हजार पाँच सय ४१ जनाको अवस्था गम्भीर छ ।
पछिल्लो समय विश्वमै संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा ७३ हजार नौ सय २३ संक्रमितले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार एक सय सात जनाको मृत्यु भयो । ४३ लाख ६७ हजार चार सय ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ८९ हजार आठ सय ५२ जना नयाँ संक्रमित थपिए ।
भारतमा संक्रमण पुष्टि भएकामध्ये ३३ लाख ९६ हजार २७ जना कोरोना जित्न सफल भएका छन् । आठ लाख ९७ हजार चार सय ८६ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाकोव अवस्था चिन्ताजनक छ ।
ब्राजिलमा हालसम्म एक लाख २७ हजार पाँच सय १७ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा पाँच सय १६ जनाको मृत्यु भयो । हालसम्म ४१ लाख ६५ हजार एक सय २४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
३३ लाख ९७ हजार दुई सय ३४ जना उपचारपछि घर फर्किएका छन् । छ लाख ४० हजार तीन सय ७३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति : बुधबार, भाद्र २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्