नयाँ शक्तिको प्रादेशिक बैठक सम्पन्न, विभागहरु गठन

नयाँ शक्तिको प्रादेशिक बैठक सम्पन्न, विभागहरु गठन

दाङ । नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नं. ५ को प्रदेश अधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार दाङको लमहीमा सम्पन्न प्रदेश बैठकले विभिन्न सांगठनिक निर्णयहरु गर्दै पार्टीले आगामी ५ महिनाका लागि विशेष कार्ययोजना पारित गरेको केन्द्रीय कार्यकारी सदस्य तथा प्रदेश प्रवक्ता मनिकर कार्कीले बताए ।

बैठकले केन्द्रीय कार्यकारी सदस्य कमल खनाललाई प्रदेशको संयोजकमा चयन गरेको छ भने ३३ सदस्यीय प्रदेश सचिवालय गठन गरेको छ । जसमा प्रदेश नं. ५ अन्तर्गतका सबै जिल्ला संयोजकहरुसहित कमल खनाल, यज्ञ पोखरेल, नारायण खनाल, मनिकर कार्की, छन्द पन्थी, पंकज राई, विरेन्द्र हरिजन, देवेन्द्र पाण्डे, हरि रिजाल, विमल गिरी, हिक्मत विक, बोम दर्लामी मगर, राजेन्द्र जीसी, सुनिता काफ्ले, विपिन पौडेल, बुद्ध सुनार र उपेन्द्रलाल कामी सचिवालय सदस्य चयन भए ।

त्यस्तै बैठकले विभिन्न विभाग तथा समितिहरु गठन गरेको छ । जस अन्तर्गत राजनीतिक संवाद समितिको प्रमुखमा नारायण खनाल, संगठन विभाग प्रमुखमा यज्ञ पोखरेल, प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा पंकज राई तथा कार्यालय सचिवमा विमल गिरीलाई चयन गरेको छ ।

बैठकले आगामी ५ महिनाको कार्ययोजना तयार गरी लागू गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । उनले भने– ‘पार्टी केन्द्रले तय गरेको ५ महिना, ५ काम र ५ परिणाम अभियान अन्तर्गत प्रदेश तहमा गरिने सांगठनिक तथा राजनीतिक संवादसम्बन्धी कामको विशेष कार्ययोजना तयार गरेका छौं ।’

पार्टीले तय गरेको कार्य योजना अन्तर्गत वडातहसम्म संगठन विस्तार तथा सदस्यता नविकरण एवं वितरण, स्थानीय तहहरुको अधिवेशन तथा प्रशिक्षण, विभिन्न राजनीतिक संवाद तथा ध्रुवीकरणसम्बन्धी कार्यक्रमहरु रहेको छ ।

बैठकलाई नयाँ शक्ति पार्टी, प्रदेश ५ का ईन्चार्ज एवं पूर्वमन्त्री दान बहादुर चौधरीले विशेष सम्बोधन गर्दै अब नयाँ शक्तिले नै मुलुकमा नयाँ राजनीतिक विकल्प दिई विकास र समृद्धिको नेतृत् वगर्ने बताएका थिए ।

प्रदेश संयोजक कमल खनालको अध्यक्षता एवं संचालनमा भएको बैठकमा सबै जिल्ला संयोजकहरुले जिल्लागत कार्यप्रगति विवरण प्रस्तुत गर्नुका साथै संघीय महाधिवशेन आयोजक समिति सदस्यहरु विष्णुहरि शर्मा एवं राजु नेपालीले अभिप्रेरणात्मक मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij