चितवन ।
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ।कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो।
गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका थिए। सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो। सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थापाले बताए।
प्रकाशित मिति : शनिबार, भाद्र २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्