पाँचतारे होटल टाइगर प्यालेसले ३९३ कामदार हटाएको विरोधमा दिन भर नारा जुलुुस गरि आन्दोलन

पाँचतारे होटल टाइगर प्यालेसले ३९३ कामदार हटाएको विरोधमा दिन भर नारा जुलुुस गरि आन्दोलन

बुटवल
कोरोना महामारीका कारण आर्थिक संकट उत्पन्न भएको भन्दै रुपन्देहीको तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टले कर्मचारीलाई कामबाट निकालेको विरोधमा सोमवार होटल परिसरमा दिन भर आन्दोलन गरि नाराजुलुस गरिएको छ । होटलले विना जानकारी ईमेलवाट नेपाली कामदार निस्कासन गरेको पत्र पठाएको विरोधमा होटलमा कार्यरत कर्मचारीले नारा जुलुस गरि आन्दोलित भएका छुन । दिन भरी जसो होटलको मुख्य गेट अगाडी नारावाजी गरिएको थियो ।
अस्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित होटेलले दुई वर्षे करार सम्झौता सकिएको भन्दै ३९३ जना कर्मचारीहरुलाई इमेलबाट पत्र पठाएर अब करार सम्झौता नविकरण नहुने स्पष्ट पारेको हो । कामबाट निकालिनेहरुमा रिसोर्टको माथिल्लो पद जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत नेपाली कामदार रहेका छन् ।
रिसोर्टमा क्यासिनो समेत सञ्चालित थियो । सेप्टेम्बर ९ तारिखमा पठाइएको इमेलमा करार सम्झौता नविकरण नहुने भएकाले आफ्नो व्यवस्थापन आफैं गर्न र भविष्यमा होटेल खुलेपछि कर्मचारी माग हुँदा उपयुक्त पदमा आवेदन दिन सकिने उल्लेख छ ।
कोरोना महामारीले निम्ताएको अकल्पनीय परिस्थितिमा होटेल बन्द भई आम्दानी शून्य हुँदा पनि कम्पनीले सबै कर्मचारीलाई ५० प्रतिशत तलब दिएको इमेलमा स्मरण गराइएको छ । ‘कोरोना महामारीले होटेल बन्द हुँदा कम्पनी आर्थिक संकटमा परेरै होला, कर्मचारीको कन्ट्रयाक्ट रिन्यु नहुने भनेर मलाई पनि इमेल आएको छ, होटलका एचआर म्यानेजर इन्द्र भट्टराईले भन्नु भयो ‘कम्पनीको सिनियर टिम अष्ट्रेलिया र हङकङमा हुनुहुन्छ, मैले पनि सम्पर्क गरिहेको छु,उहाँहरुसँग क्लियर भएपछि मात्रै थप कुरा थाहा हहुन उहाँले बताउनु भयो ।’
तर कर्मचारीहरुले करार अवधि सकिएकाले निकालिएको भन्ने कम्पनीको भनाइमा असहमति जनाउदै आन्दोलित भएका हुन । होटेल कोरोनासंगैको लकडाउन भएदेखि नै बन्द रहेको छ ।
करार अवधि सकिएको एक वर्ष पुगिसकेको कर्मचारीहरुको भनाइ छ । नेपाली कामदारलाई कामबाट निकाल्दा विदेशी कामदारलाई भने ननिकालेको कर्मचारी चित्र भण्डारीले बताउनु भयो ।
कम्पनीले कर्मचारीसँग छलफल र सल्लाह नै नगरी एक्कासी इमेलबाट पत्र पठाएर जागिरबाट हटाइएको जानकारी पाउँदा अन्योलता भएको उहाँले गुनासो गर्नु भयो । ‘कोरोनाले होटल बन्द भएकाले हामी न्यूनतम तलबमा चित्त बुझाउन तयार छौं, तर रोजगारी नै खोस्न पाइँदैन,’ भण्डारीको तर्क छ,’श्रम ऐन अनुसार २ वर्षभन्दा बढी अवधि काम गरेका कामदारहरुलाई निकाल्न पाइँदैन । चार वर्षअघि ६ अर्बभन्दा बढी लगानीमा तिलोत्तमा नगरपालिका १३ कोटीहवामा १४ विगाह क्षेत्रफलमा प्रदेश ५ कै पहिलो पाँचतारे होटेलका रुपमा टाइगर वान प्रा.लि.अन्तर्गत टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको थियो । कर्मचारी निस्कासनको विरोधमा नारावाजी जुलुस निस्केपछि प्रहरीले होटललाई घरावन्दीमा राखेर सुरक्षा प्रदान गरेको छ । आन्न्दोलनरत कर्मचारी युनियनका प्रवक्ता रोहित भट्रराईले कर्मचारी पुनरबहाली नहुदाँसम्म आन्दोलन जारी राख्ने बताउनु भयो ।

प्रकाशित मिति : सोमबार, भाद्र २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij