पाल्पामा कोरोना संक्रमितको मृत्यु

पाल्पामा कोरोना संक्रमितको मृत्यु

पाल्पा- पाल्पामा कोरोना संक्रमित एक पुरुषको आज मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेसनमा रहेका तानसेन नगरपालिका–७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

अत्यधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएका ती बिरामीलाई कोरोना देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गत भदौ २९ गते कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

प्रकाशित मिति : बिहिबार, असोज १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij