काठमाडौ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा सुरु भएको छ ।
यसअघि शुक्रबार बस्ने भनिएको बैठक अचानक स्थगित गरिएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार पाएपछि पहिलो पटक बैठक बसेको हो । यसअघि धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक अहिले पेरिसडाँडामा बसेको हो ।
नेताहरुले गत भदौ २६ मा स्थायी समितिले गरेका निर्णय कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने जानकारी दिएका छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा समीक्षा हुने भएको छ ।
प्रकाशित मिति : आइतबार, असोज ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्