शैक्षिक परामर्श गर्ने व्यवसाय सञ्चालनको वातावरण बनाईदिन ई–क्यान रुपन्देहीको माग

शैक्षिक परामर्श गर्ने व्यवसाय सञ्चालनको वातावरण बनाईदिन ई–क्यान रुपन्देहीको माग

बुटवल -नेपाल शैक्षिक परामर्श संघ ९ई–क्यान० रुपन्देहीले सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्नेगरी व्यबसाय सञ्चालन गर्ने वातावरण बनाईदिन माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई आईतबार ज्ञापन पत्र बुझाउँदै ई–क्यान रुपन्देहीका अध्यक्ष देवबहादुर कुवँरले शैक्षिक परामर्श प्रदान गर्ने व्यबसायीहरु सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र सबै प्रकारको नियमन तथा निर्देशनको पालना गर्न तयार रहेकाले सोही अनुसार व्यबसाय सञ्चालन गर्ने वातावरण बनाईदिन आग्रह गर्नुभयो ।

उक्त ज्ञापन पत्रमा शैक्षिक परामर्श प्रदाने गर्ने व्यबसाय अन्य बिद्यालय तथा कलेजहरुमा जस्तो गरी भिडभाड नहुने र बिद्यार्थीलाई भाषा कक्षा समेत अनलाईन माध्यमबाट गरिँदै आएकाले परामर्श, प्रमाणपत्र, सेवा शुल्क, आवश्यक कागजात तथा फारममा हस्ताक्षर गर्नका लागि उपस्थित हुनु पर्ने भएकाले कार्यालय सञ्चालन गर्ने वातावरण बनाईदिन आग्रह गरिएको छ ।

त्यस्तै ज्ञापन पत्रमा कक्षा कोठामा सञ्चालन गर्दै आएको भाषा परिक्षाका तयारी कक्षा समेत अनलाईन माध्यमबाट सञ्चालन गर्दै आएको र सरकारको अर्को सूचना नआउँदासम्म अनलाईन माध्यमबाटै सञ्चालन गर्ने कुनै समस्या नभएको उल्लेख गरिएको छ ।त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी घिमिरेले तत्काल आफूले निर्णय गर्न नसक्ने जानकारी गराउँदै केन्द्रले निर्णय गर्यो भने जिल्लाबाट कुनै रोकतोक नगरिने बताउनु भयो । विश्वमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० को महामारी फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण शैक्षिक परामर्श प्रदान गर्ने व्यबसाय पनि पूर्णतया बन्द छ । यो व्यबसायलाई पनि यातायात तथा पर्यटन व्यबसायलाई जस्तै अति प्रभावित क्षेत्रमा राखेको छ । शिक्षा मन्त्रालयमा दर्ता भएका शैक्षिक परामर्श प्रदान गर्ने संस्था १४ सय ७३ रहेको र शिक्षा मन्त्रालयमा निवेदन दिएर प्रमाणपत्र नपाएका ७ सय ७३ शैक्षिक परामर्श सस्थाहरु रहेको ई–क्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले वताए ।

प्रकाशित मिति : आइतबार, असोज ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij