सक्षम परियोजना तथा एचआरडिसिको अन्तरक्रिया सम्पन्न

सक्षम परियोजना तथा एचआरडिसिको अन्तरक्रिया सम्पन्न

भैरहवा- भैरहवा अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रद्धारा सञ्चालित सक्षम परियोजना बुटवल शाखाले मायादेवि गाउपालिकामा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अपांगताको हक हित र संरक्षणमा काम गर्दै आएको एच आर डि सिले मंगलबार मायादेवि गाउँपालिकामा आफ्नो अन्तरक्रिया तथा सुरक्षा कीट वितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा मायादेवि गाउपालिकाका अध्यक्ष धुर्व नारायण चौधरीले हरेक वर्ष अपांग बालबालिकाको खोजि गर्दै सहयोग गरिरहेको र यसको लागि गाउँपािलकाले पनि सक्दो सहयोग गर्ने बताए । यस्तै कार्यक्रमका प्रमुख अतिथि मायादेवि गाउँपालिकाका कार्यकारि प्रमुख ऋषिराम पन्थिले एच आर डि सिले समाजमा गरेको काम अतुलनिय भएको बताए । कार्यक्रममा अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बुटवलका सुपरभाइजर दिप न्यौपानेले अपांग बाल अस्पतालले कस्ता काम गर्छ र केके काम गरिरहेको छ भन्नेबारेमा प्रकाश पारेका थिए । यसैगरि एच आर डि सि तथा सक्षम परियोजना रूपन्देहिका पुनस्थापना सहायक तुल्सिराम ओलिले अपांगता कस्तो अवस्थालाई भनिन्छ र यसलाई कति प्रकारले कसरी बुझ्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा १७ जना अपांग बालबालिका तथा अभिभावक सहभागी भएका थिए भने कम्लेस शाहि लाई स्कुल कीट र अखिलेस मल्ल र कृष मल्ललाई अपांग मैत्रि जुत्ता समेत संस्थाद्धारा प्रदान गरिएको थियो । एच आर डि सिले विगत ३६ वर्ष देखि अपांगता भएका बालबालिकाको सुरक्षाको क्षेत्रमा काम गर्दै आएको छ । यसले जन्मदेखि १८ वर्ष मुनिका बालबालिकालाई अवस्था हेरिकन निशुल्क उपचार गर्दै पनि आईरहेको छ ।

प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij