कपिलवस्तुका ८ जना इन्स्पेक्टरको एकै पटक सरुवा

कपिलवस्तुका ८ जना इन्स्पेक्टरको एकै पटक सरुवा

कपिलवस्तु
कपिलवस्तुमा एकै पटक आठ जना प्रहरी निरिक्षक इन्स्पेक्टरको सरुवा भएको छ । जिल्लाका विभिन्न प्रहरी इकाईमा कार्यरत इन्स्पेक्टरहरुको एकै पटक सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले देशभरका इन्स्पेक्टरको सरुवा गरेसंगै कपिलवस्तुका इन्स्पेक्टरको पनि सरुवा भएको हो । विशेष गरी इन्स्पेक्टरको एक एक बर्षमा सरुवा गर्ने परिपाटी छ ।

जिल्लाबाट सरुवा हुने इन्स्पेक्टरमा जिल्ला प्रहरी कार्यालयका दुई जना रहेका छन् । जसमा अमृत भण्डारी र रमेश विष्ट रहनुभएको छ ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक टक्कर स्वाँर पनि सरुवा हुनुभएको छ भने इलाका प्रहरी कार्यालय पिपराका आयुश कुमार जोशीको पनि सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रताप पौडेल, इलाका प्रहरी कार्यालय गणेशपुरका मधु नेपाल, इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाका मधुसुदन सिंह र इलाका प्रहरी कार्यालय पकडीका गणेश सुवेदीको सरुवा भएको हो ।

जिल्लाबाट प्रहरी निरिक्षकहरु सरुवा भएपनि ती ठाउँमा नयाँ प्रहरी निरिक्षक प्रहरी प्रधान कार्यालयले पठाइसकेको छ । यद्यपि नयाँ प्रहरी निरिक्षक केही दिनभित्र आउने आशा छ ।

प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij