बुटवल
निरन्तरको वर्षासँगै नजिकैको खोलामा आएको बाढीले बगाउने त्रासले तिनाउ नदी वरिपरिका बासिन्दा रातभर जाग्राम बस्न बाध्य भए साथै रातभरिको अबिरल बर्षाले बुटवलका आसपासका स्थान बेलबास नयागाउ तामनगर ढावाह साथै उता तिलोत्मा क्षेत्र पनि डुबानमा परेको थियो समाजिक सञ्जाल भरि डुबान का फोटोहरु अपडेट थिए ।

लगातार को बर्षा साथमा वरपरको स्थान सम्म डुबान भएको देख्दा २०३८ साल असोज महिनाको सम्झना आयो भन्नुहुन्छ स्थानिय बेलबासबासी लक्ष्मी तिवारी २०३८ साल मा आसपासको क्षेत्र सबै बगाएको र कति घरबिहिन भएका थिए ।
०३८ सालको बाढीले तिनाउ किनारको बस्ती का साथै सबै बगाएको बुटवलका पूराना बासी हरुले हिजो दिन त्यही दिन नै फेरी आउने भयो भनी त्रसित भए ।
त्यसबेला बेलबास, नयाँगाउँ देखि तामनगर क्षेत्रमा पनि धेरैका घरखेत बगाएको थियो बाढीबाट विस्थापित भएकाहरुलाई नवलपरासीको बर्दघाट क्षेत्रमा लगेर राखिएको थियो
त्यो क्षेत्रलाइ अहिले पनि बाटीपिडित भन्ने गरिन्छ भन्नुहुन्छ पूराना बासी नयागाउ निवासी आत्माराम गौतम बाढी आए पछि धेरै जना बुटवल नै बसेका थिए एता फेरी बाढीले बगाउछ कि भनेर उहा विगत लाइ सम्झनु हुन्छ हिजो आएको निरन्तर बर्षा र तिनाउ ले सतह पार गर्दा बुटवल र आसपास क्षेत्रका बासिन्दा विगत सम्फेर त्रसित भएका छन



प्रकाशित मिति : शनिबार, असोज १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्