छाेटु सहानिकाे उपचारार्थ आर्थिक सहयाेग

छाेटु सहानिकाे उपचारार्थ आर्थिक सहयाेग

भैरहवा- अापकाे रुखबाट खसेर गम्भीर चाेट लाग्दा घाईते भएका रामग्राम नगरपालिका वडा नम्बर १७ का छाेटु सहानिकाे उपचारार्थ सहयाेग रकम लिएर भैरहवाकाे एक सामाजिक संस्था घरमै अई पुगेकाे छ । रातभर परेकाे अबिरल बर्षाकाे कारण बिग्रेकाे सडक पार गर्दै लायन्स क्लब अफ भैरहवा ग्रिन सिटिका अध्यक्ष शिवनाथ गुप्ताकाे टिम छाेटुकाे घरमै पुगेर उनकाे स्वास्थय अवस्थाकाे जानकारि लिने तथा नगद ५१ हजार रकम सहयाेग समेत गरेकाे छ । खपडाले छाएकाे एक काेठे घरकाे भित्र पट्टि अार्थिक अभाबकाे कारण उपचार अधुराे हुदा छटपटाईरहेका छाेटुलाई भेट्दै लायन्स क्लब अफ ३२५ बि २ स्ट्राजेडिक चिफ महेश चन्द्र थापाले भने, ” हामी सेवा गर्ने उद्श्यले ग्रिनसिटिकाे नेतृत्वमा भैरहवादेखि यहाँ अाएका हाै । छाेटुकाे थप उपचार कहाँ हुन सक्छ त्याे बुझेर थप सहयाेग गर्न पनि तयार छाै । ” थापाले हामी सेवा गर्छाै भन्ने मुख्य अभियानका साथ लायन्स अभियान सन्चालित भएकाे बताउदै समाजका हरेक क्षेत्रमा अाईपर्ने मानविय समस्या निराकरण गर्न अाफुहरु सक्दाे सहयाेग गरिरहेकाे बताए । साे अवसरमा रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवरले स्थानिय सरकारले पनि छाेटुकाे उपचारमा सहयाेग गर्ने बताईन् । उनले भनिन, ” लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिले सहयाेग गरेर ठुलाे पुन्य कमाएकाे छ । हामी रामग्राम नगरपालिकाकाे तर्फबाट पनि छाेटुकाे थप उपचारमा अावश्यक सहयाेग गर्न तयार छाै । ” गत जेठ महिनामा अाफ्नै घर नजिकैकाे अापकाे रुख चढेकाे समयमा उनी रुखबाट खस्दा टाउकाेमा गम्भीर चाेट लागेकाे थियाे । उनकाे उपचार युसिएमएस भैरहवामा भएकाे थियाे । उपचारकाे क्रममा उनकाे थप चिकित्सिय उपचार नभई अब उप्रान्त फिजियाेथेरापि नियमित गर्नुपर्ने बताईएकाे छ । छाेटुकाे थप उपचार काभ्रेकाे पुनर्सथापना केन्द्र तथा उपचार केन्द्र र काठमाडौंकाे न्युराे अस्पतालहरुमा मात्रै संभब रहेकाे बताईएकाे छ । टाउकाे गम्भीर चाेटकाे कारण उनी दिशा पिसाब, खानपिन पनि अाफै गर्न सक्दैनन । रकम अभाबले गर्दा उनी थप उपचारकाेलागि काठमान्डू जान नसकेकाे परिवारले बताएका छन । घरमै पुगेर सहयाेग गर्न पाउँदा अाफुहरुलाइ अत्यनतै खुसि अनुभुत भएकाे क्लबका अध्यक्ष शिवनाथ गुप्ताले बताए । उनले भने,” क्लबका सदस्यहरुबाट उठेकाे रकम छाेटुकाे घरमै अाएर उनकाे परिवारलाई भेटि हस्तान्तरण गर्दा खुसि लागेकाे छ । उनकाे थप उपचारमा ढिलाई नहाेस् भनी सराेकारवालासंग पनि समन्वय गरिरहेका छाै ।” क्लबका द्वितीय उपाध्यक्ष नरेश के सीकाे संयाेजन तथा सचिब भिम बहादुर थापाकाे सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रपाद अाचर्य, रामग्राम जेसिस पुर्व अध्यक्ष प्रभा ज्ञवालि, बुटवल लेडि जेसिस पुर्व अध्यक्ष लक्ष्मि थापा लगायतका क्लबका सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति : शनिबार, असोज १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij