प्रदेश ५ लाई अपाङ्गमैत्री घोषणा गर्ने मन्त्री बरालको प्रतिबद्धता

प्रदेश ५ लाई अपाङ्गमैत्री घोषणा गर्ने मन्त्री बरालको प्रतिबद्धता

बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अपाङ्गमैत्री प्रदेश बनाउनको लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

हरेक अपाङ्गता भएका व्याक्तिहरुमा फरक प्रकृतिको क्षमता हुने भन्दै मन्त्री बरालले राज्यले उनीहरुको विशेष क्षमतालाई पहिचान गरी क्षमताको उचित कदर र उचित अवसर प्रदान गर्नेमा ढुक्क हुन आग्रह गरे ।
उनले हजारौ चुनौतिकाको सामान गर्दै व्याक्ति सफल हुने भन्दै उक्त सफलताको पाटोमा अपाङ्गता भएका व्याक्तिहरुको क्षमता साच्चैनै अनुकरणीय भएको बताएका थिए ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर ५ कमिटि र सामाजिक विकास मन्त्रालय प्रदेश ५ को संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले भने–‘अपाङ्गता भएका व्याक्तिहरुलाई मुलधारमा ल्याउनको लागि हरेक सचेत नागरिकहरुले साथ दिनुपर्दछ, राज्यस्थरबाट हुने अवसरमा कुनै पनि कमि हुन दिने छैन ।’

अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार प्रदान गर्ने विषय लगायत उनीहरुको राज्यले प्रदान गर्ने सेवा सुविधा, रोजगारीका अवसरहरुमा प्राथमिकता दिने प्रतिवद्धता समेत जनाएका थिए ।
अपाङ्ग मैत्री कानुन निर्माणको क्रममा प्रदेश सरकार रहेको भन्दै उनले कानुन कार्यान्वयन संगै अपाङ्ग मैत्री प्रदेश ‘प्रदेश नम्बर ५’ घोषणा गरिने समेत बताएका थिए ।

यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश ५ का सचिव कृष्ण प्रसाद ज्ञवाली, ईलका प्रशासन कार्यालय बुटवलका प्रमुख शुसिल वैद्य, सामाजिक विकास मन्त्रालय प्रदेश ५, महिला तथा बालबालिका जेष्ठ नागरिक महाशाखा प्रमुख शुशिला पन्थ, गैसस महासघ प्रदेश सचिव गोविन्द प्रसाद रेग्मी, संघीय अनुसन्धान समितिका सदस्य गोकर्ण प्रसाद अचार्य, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ अध्यक्ष देवी दत्त आचार्य, प्रदेश उपाध्यक्ष शारदा भट्राई, सचिव हुमनाथ अधिकारी लगायतले बोलेका थिए ।

सोही कार्यक्रममा नेपालमा नै पहिलो पटक बहिरोपना भएका व्यक्तिहरुले नृत्य समेत प्रस्तुत गरेका थिए भने एउटा खुट्टा मात्रैले संगीता चौधरीले नृत्य प्रस्तुत गरेकी थिईन् ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij