बुटवल उपमहानगरपालिका वडा नं. १७ रानिगन्जका बाढी पिडितलाई राहत वितरण

बुटवल उपमहानगरपालिका वडा नं. १७ रानिगन्जका बाढी पिडितलाई राहत वितरण

बुटवल -नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखा र जु.रे.स.मदरल्याण्ड ईङ्ग्लिस स्कुलको सहयोग तथा मणिमुकुन्द उपशाखा बुटवलको आतिथ्यमा बुटवल उपमहानगरपालिका वडा नं. १७ रानिगन्जमा तिनाउ नदिमा आएको बाढीले घरबार बगाई पिडित भएका ६ घर परिवारलाई राहत वितरण एक कार्यक्रम गरि सम्पन्न भएकाे छ ।
कार्यक्रम ने रे साे मणिमुकन्द उपशाखाका अध्यक्ष सुहा बहादुर नेपालीकाे अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नं. १७का वडा अध्यक्ष सन्त बहादुर राना ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयाे । राहत सामाग्रीहरुमा १थान पाल, २ थान कम्मल, १ थान बाल्टी , १ सेट खाने पकाउने भाडाकुँडा, लत्ता कपडा , चामल ५ केजी , दाल १ केजी , नुन १ केजी , मस्याैरा १ पाेका , आलु २ केजी , तेल १ पाेका , साबुन नुहाउने लुगाधुने १/१ थान प्रति परिवारका दरले वितरण भएकाे छ।
बुटवल उपमहानगरपालिका वडा नं १७ का अध्यक्ष सन्त बहादुर रानाले रेडक्रस र मदरल्याण्ड ईङ्ग्लिस स्कुलमा गठित युवा रेडक्रस सर्कलकाे सहयाेगकाे प्रसंसा गर्दै आफुले पनि रेडक्रसका गतिविधिमा सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भयाे।
कार्यक्रममा मदरल्याण्ड ईङ्ग्लिस स्कुलका प्राचार्य मणिरत्न भण्डारी , ने रे साे विपत व्यवस्थापन समिति रुपन्देहीका सदस्य हरिहर श्रेष्ठ, समाजसेवी रीता सेन लगायतले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा मदरल्याण्ड ईङ्ग्लिस स्कुलका शिक्षक नायक, सह शिक्षक नायक ,विद्यार्थी , समाज सेवी, मणिमुकुन्द शाखाका रेडक्रस कर्मीहरु र टोल बिकास सस्थाका सदस्यहरुको उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे संचालन माया पाण्डेले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति : सोमबार, असोज १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij