विकास आयोजनामा संसदीय समितिको चासो, मन्त्रीले दिए जानकारी

विकास आयोजनामा संसदीय समितिको चासो, मन्त्रीले दिए जानकारी

बुटवल । प्रदेश ५ प्रदेश सभाको भौतिक पूर्वाधार तथा विकास समितिले विकासका आयोजनाहरु सम्पन्न गर्न ढिलाई भएकोमा सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको सोमवार सम्पन्न बैठकले प्रदेशमा सञ्चालनमा रहेका भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतका आयोजनाहरुको प्रगति विवरण मगाउने पनि निर्णय गरेको छ ।

समितिको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले मन्त्रालयको चौमासिक प्रगति विवरण पेश गरेका थिए ।

मन्त्री चौधरीले बजेट कार्यान्वयन गर्ने संरचना र कर्मचारी अभावमा विकास खर्च हुन नसकेको भन्दै अबको दिनमा कामले गति लिने बताएका थिए ।

समिति सभापति आशा स्वर्णकारका अनुसार बैठकमा समितिको कार्यविधिका बारेमा सामान्य छलफल भएको र विस्तृत छलफल गरी अन्तिम रुप दिन उपसमिति गठन गरिएको छ ।

उपसमितिमा सांसदहरु नारायण प्रसाद आचार्य, उत्तर कुमार वली र फखरुद्दीन खान रहेका छन् ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij