पश्चिम नवलपरासीमा २ जर्सी गाई सहित अबैध मालसामान बरामद 

पश्चिम नवलपरासीमा २ जर्सी गाई सहित अबैध मालसामान बरामद 

नवलपरासी
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको विभिन्न स्थानबाट २ वटा जर्सी गाई सहित १ लाख ७१ हजार ५ सय मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ। प्रहरीको  अनुसार  सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको
प्रहरी टोलिले बिहिवार बिहान भारतबाट अबैध रूपमा नेपाल तर्फ ल्याउदै गरेको २ वटा जर्सी गाइ
सरावल गाउपालिका वडा नम्बर ४ ललितपुरबाट नियन्त्रणमा लिएको छ । मानिसले गाई डोरयाउदै ल्याउदै गर्दा प्रहरी टोलिलाई देखि गाई छोडेर भागेको प्रहरीले जनाएको छ । गाइको प्रती गाइ लगभग  चालीस हजारका दरले २ वटा गाइको जम्मा ८० हजार मुल्य रहेको र दुबै गाइलाइ आवश्यक कारवाहिका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।त्यस्तै गरि बिहीवार नै प्रहरी चौकी भुजहवाको प्रहरी टोलिले नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी १३ हजार ५ सय मुल्य बराबरको ७ बोरामा २ सय २५ किलो हरियो केराउ सरावल गाउपालिका  वडा नम्बर ७ बर्गदवाबाट बरामद गरेको छ । त्यस्तै गरि बिहिवार नै ईलाका प्रहरी कार्यालय अमानिगन्जबाट खटिएको प्रहरी टोलिले नेपाल बाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको लगभग ७८ हजार मुल्य बराबरको २५ बोरामा ९ सय ७५ किलो हरियो केराउ  पाल्हीनन्दन गाउपालिका वडा नम्बर २ मुडेराबाट बरामद गरेको जनाएको छ  ।  उत्त केराउ  मानिसले साइकल तथा मोटरसाइकलमा राखी लैजादै गर्दा प्रहरी टोलिलाई देखि बोरा फाली मानिस भागेका थिए ।आज
 बरामद भएका २ जर्सी गाई र १ हजार दुई सय किलो हरियो केराउ आवश्यक कारबाहिका लागि महेशपुर भन्सार कार्यालयमा बुुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij