जलवायु परिवर्तनका कारण नेपालले नगरेको कसुरको सजाय भोगिरहेको छ : राष्ट्रपति

जलवायु परिवर्तनका कारण नेपालले नगरेको कसुरको सजाय भोगिरहेको छ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण नेपालले नगरेको कसुरको सजाय भोगिरहेको बताएकी छन्।

पोल्याण्डमा सोमबार सुरु भएको कोप २४ सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालले जलवायु परिवर्तनको नकारात्मक असर भोग्नु परेको बताएकी हुन्।

जलवायु परिवर्तनलाई रोक्न पहल गरिरहेको भए पनि प्राकृतिक प्रकोपबाट नेपाल धेरै प्रभावित हुने गरेको उनले विश्व समुदायलाई जानकारी दिइन्। सर्वोच्च शिखर सगरमाथा र नेपालका पहाड र ज‌ंगलले विश्वको तापक्रम रोक्न मद्दत गरिरहेको राष्ट्रपतिको भनाइ छ।

राष्ट्रपति भण्डारीले बढी कार्बन उत्पादन गर्ने विकसित देशहरूले हिमाली देशको वातावरण नबिग्रियोस् भनेर ध्यान दिनुपर्ने बताइन्। पेरिस सम्झौतालाई कार्यान्वयन गर्न पनि राष्ट्रपति भण्डारीले माग गरिन्।

राष्ट्रपति भण्डारीले विश्वसमुदायमाझ मातृभाषा (नेपाली)मा सम्बोधन गरेकी थिइन्। सम्मेलनमा भाग लिन नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्रालयका अधिकारीसहितको टोली पोल्याण्डमा रहेको छ।

भण्डारीले मंगलबार पाेल्याण्डका समकक्षीसँग भेटवार्ता गर्ने कार्यसूची छ। भण्डारी मंसिर २० गते स्वदेश फर्किने छिन्।

प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij