काठमाडौं -नुवाकोटकी एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिएकी छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले सोमबार पाँच सन्तानलाई जन्म दिएकी हुुन् ।
थापाथलीस्थित अस्पतालमा ४ जना शिशु जीवित तथा एक शिशु मृत जन्मिएका छन् । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशु जन्मिएका थिए ।
शल्यक्रियामार्फत जन्मिएका जीवित शिशुहरूलाई आईसीयूमा राखिएको छ । पाँचमध्ये चार शिशु जीवितै रहेको र एक शिशुको जन्म हुनुअघि नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ । मृत भएका छोरा हुन् भने बाँकी सबै छोरीहरू हुन् ।
डा. सुवेदीका अनुसार शिशुको स्वास्थ्य सामान्य रहे पनि उनीहरूलाई एनआईसीयूमा अब्जर्भेसनका लागि राखिएको छ ।
अस्पतालका अनुसार ४ शिशुमध्ये पहिलोको तौल १ किलो ९ सय ग्राम, दोस्रो १ किलो ८ सय ग्राम, तेस्रो १ किलो ६ सय ग्राम र चौथौको ८ सय ग्राम रहेको छ ।
प्रकाशित मिति : सोमबार, असोज १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्