विराटनगरको नोबेल अस्पतालमा थप दुई संक्रमितको मृत्यु

विराटनगरको नोबेल अस्पतालमा थप दुई संक्रमितको मृत्यु

काठमाडौं – मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पताल प्रबन्धक नारायण प्रसाद दाहालले दिएको जानकारी अनुसार दुवै संक्रमित पुरुषको आज बिहान मृत्यु भएको हो ।

मृतकमा जिल्लाको कानेपोखरी गाउँपालिका-६ का ५० वर्षीय पुरुष छन् । उनी ब्लड क्यान्सर पीडित थिए ।

यस्तै रतुवामाई नगरपालिका-८ इटहरा का ४५ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको हो । प्रबन्धक दाहालका अनुसार उनलाई उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएको थियो । उनी मधुमेहबाट पीडित थिए ।

प्रकाशित मिति : मंगलबार, असोज २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij