हरेक १० मानिसमध्ये एक जनामा संक्रमण भइसकेको हुन सक्छ: डब्ल्युएचओ

हरेक १० मानिसमध्ये एक जनामा संक्रमण भइसकेको हुन सक्छ: डब्ल्युएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका १० प्रतिशत मानिस कोरोना भाइरस (कोभिड-१९) संक्रमित हुन सक्ने बताएको छ । डब्लुएचओले विश्वमा रहेका हरेक १० मानिसमध्ये एक जना संक्रमित हुनसक्ने बताएको हो ।

डब्लुएचओका एक उच्च अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार अझै विश्वका धेरै क्षेत्रमा जोखिम कायमै छ । विश्वभर तीन करोड ५४ लाख भन्दा बढी मानिस संक्रमित भएको डब्लुएचओको तथ्यांक छ । तर, पुष्टि भएकाको संख्या भन्दा वास्तविक संक्रमितको संख्या कयौँ गुणा धेरै हुने विज्ञले बताउँदै आएका छन् ।

कोरोना महामारीको विषयमा छलफलका लागि स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठक बसेको हो । महामारीको १० महिना भइसक्दा पनि अझै नियन्त्रणमा आउने वा कमजोर हुने कुनै संकेत देखिएको छैन ।

प्रकाशित मिति : मंगलबार, असोज २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij