नेत्रहिन युवा संघ नेपालद्धारा आश्रममा स्वाथ्य सामग्री प्रदान

नेत्रहिन युवा संघ नेपालद्धारा आश्रममा स्वाथ्य सामग्री प्रदान

बुटवल-नेत्रहिन युवा संघ रुपन्देहीको आयोजनामा स्वरोजगार गरी आत्मनिर्भर बन्दै आएका नेत्रहिनहरुलाई सुरक्ष सामग्री प्रदानगरेको छ । मंगलबार बुटवल–१५ उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन आनाथ आश्रममा एक कार्यक्रमको आयोजना गरी पुर्व स्वाथ्य सामग्री प्रदान गरेको छ । उक्त आश्रममा रहेर स्वरोेजगार मुलक व्यवसाय आगरवत्ती को प्याकिङ्ग विक्रि वितरण गर्दै आएका व्याक्तिहरु र आश्रममा आश्रीत दृष्टिविहिन तथा शाररिक रुपमा अपाङ्गता भएका व्याक्तीहरुको लाई स्वाथ्य सामग्री प्रदान गरिएको हो ।
नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलका अनुसार १२ जना स्वरोजगार व्यवसाय गर्दै आएका व्याक्तिहरु र अन्य आश्रममामा आश्रीत ८ जना गरी कुल २० जनालाई माक्स, स्यानेटाईजर, ग्लब्स लगायतका स्वाथ्य सामग्री प्रदान गरिएको हो । कोडिभको कारण पहिला सडक संगीतको काम गर्दै आएका उनीहरुले हाल अगरवत्तीको प्याकेजिङ्ग बनाएर विक्रि वितरण गर्दै आएका छन र घर घर मा जाने क्रममा कोरोनाको जोखिम न्युनीकरण होस भन्ने हेतुले आफुहरुले स्वाथ्य सामग्री प्रदान गरिएको अध्यक्ष टिकाराम पौडेलले जानकारी दिए ।
कार्यक्रममा आश्रमकी अध्यक्ष मिरा कुमारी खड्काले आयआर्जनको बाटो परिर्वतन भएको जानकारी दिदै आश्रममको स्थायी भवन आवश्यक रहेको र यसमा पहल गरिदिनको लाग आग्रह गरिकी थिईन । कार्यक्रममा नेत्रहिन युवा संघ नेपाल डेफ्थ्थ ब्लाईन्ड परियोजना रुपन्देहीका संयोजक प्रेम आचार्य, नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका उपाध्यक्ष जिवन पोखरेल लगायतले स्वाथ्य नै ठुलो धन भएको भन्दै कोडिभ–१९(कारोना)बाट पुर्व सावधानी अपनाएर काम गर्नको लागि आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : मंगलबार, असोज २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij