काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा तीन करोड ७७ लाख नाघेको छ । वर्ल्डोमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७७ लाख ४० हजार दुई सय २७ पुगेको छ ।
जसमध्ये दुई करोड ८३ लाख ४६ हजार चार सय ५५ जना संक्रमण मुक्त भइसकेका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या १० लाख ८१ हजार चार सय आठ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा भारत पुगेको छ । अमेरिकामा संक्रमतिको संख्या ७९ लाख ९१ हजार नौ सय ९८ र भारतमा संक्रमितको संख्या ७१ लाख १९ हजार तीन सय पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
तेस्रो नम्बरमा रहेको ब्राजिलमा ५० लाख ९४ हजार नौ सय ७९ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशहरुमा फैलिसकेको छ ।
प्रकाशित मिति : सोमबार, असोज २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्