बुटवल : छायाँकनमा रहेको चलचित्र ‘ए मेरो हजुर–३’का केही तस्वीरहरु सार्वजनिक गरिएको छ । निर्माण युनिटले चलचित्रमा समावेश रोमान्टिक गीत छायाँकनका तस्वीर सार्वजनिक गरेको हो ।
तस्वीरमा चलचित्रका मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापा रोमान्टिक मुडमा देखिन्छन् । मनाङको निकै चिसो क्षेत्रमा यो गीतको छायाँकन गरिएको हो ।
‘ए मेरो हजुर–३’लाई अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन तथा सुनिलकुमार थापाले निर्माण गरेका हुन । सुहाना अभिनेत्री तथा निर्देशक झरना र निर्माता सुनिल कुमारकी छोरी हुन् । उनि यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गरेकी हुन ।
आउँदो चैत २९ गतेका लागि प्रदर्शन मिति तय गरिएको चलचित्रमा अनमोलले एक सेलिब्रेटीको भूमिका निर्वाह गरेका छन् भने सुहाना फ्यानको रुपमा प्रस्तुत छिन् । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्