बुटवल।
लुम्बिनी प्रदेश लोक सेवा आयोगले पहिलोपटक बिभिन्न तहका कर्मचारीका लागि दर्खास्त आह्वान गरेको छ ।
प्रदेशका बिभिन्न कार्यालयहरुमा पदपूर्तीका लागि आयोगले दर्खास्त आह्वान गरेको हो ।
कर्मचारी पदपूर्तीका लागि पहिलोपटक दर्खास्त आहन गरेको आयोगले स्वास्थ्य र इन्जिनीयरिङतर्फ का कर्मचारीका लागि दर्खास्त माग गरेको छ ।
आयोगले स्वास्थ्य सेवा तर्फको आठौं तहका लागि ४९ जना र सातौंतर्फ १५ जना कर्मचारीका दर्खास्त माग गरेको हो ।
सातौंतर्फ नर्सिङ, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट पदका लागि दर्खास्त माग गरिएको छ ।
आयोगले इन्जिनीयरिङतर्फ ३२ जना आठौं तहका कर्मचारीका लागि दर्खास्त माग गरेको छ । इन्जिनियरतर्फ सिभिल हाइवे, सिभिल जनरल, आर्किटेक इन्जिनीयर लगायतका पदमा कर्मचारी माग गरिएको लुम्बिनी प्रदेश लोक सेवा आयोगका प्रवक्ता सुुर्यप्रसाद भुुषालले जानकारी दिए ।
कर्मचारीका लागि कात्तिक १८ गतेसम्म दर्खास्त दिन सकिने आयोगद्धारा बुधबार प्रकाशित सूचनामा जनाइएको छ ।
सो समयभित्र दर्खास्त दिन छुट भएमा दोब्बर दस्तुुर तिरेर कात्तिक २५ गतेसम्म दर्खास्त दिन सकिने पनि सुचनामा उल्लेख छ ।
प्रकाशित मिति : बुधबार, असोज २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्