घुससहित सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष पक्राउ

घुससहित सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष पक्राउ

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामुदायिक वन उपभोक्त्ता समूह कैलालीका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ११ अन्तर्गत पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष उनलाई ८० हजार घुससहित धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पार्क मोड भन्ने स्थानबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सव–डिभिजन वन कार्यालय, तारानगर, कैलालीले ट्रयाक्टरका चालक सहित काठ बरामद गरेको सन्दर्भमा सोही कार्यालयका रेन्जर राम अवतार चौधरीले सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो ।

सो उजुरीपछि अख्तियारकोकञ्चनपुर कार्यालयबाट खटिएको टोलीले चौधरीलाई घुस दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने रानालाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij