कोरोना विशेष अस्पतालमा बुटवलका एक संक्रमितको मृत्यु

कोरोना विशेष अस्पतालमा बुटवलका एक संक्रमितको मृत्यु

बुटवल –बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नंं ३ गोलपार्क निवासी ५५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो ।ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ ।

गत असोज २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि २७ गते कोरोना विशेष अस्पतालमा भर्ना गरेर उपचार गरिँदै आएकोमा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : आइतबार, कार्तिक २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij