वडा दसैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरी मनाइँदै

वडा दसैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरी मनाइँदै

काठमाडौं ।
वडा दसैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरी मनाइँदै छ । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइँदै छ ।

देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुले पूजाआजा गर्ने गरेका छन् ।

घटस्थापनाका दिन जमरा राखेर नवमीसम्म घरघरमा देवी भवानीको पूजा आराधना गर्दै दुर्गासप्तशती चण्डी पाठ गर्ने चलन छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij