मजदुरीमा कोरोनाको कहर

मजदुरीमा कोरोनाको कहर

बुटवल

चैत ११ गते सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) गरेपछि बुटवल उपमहानगरपालिका १७, का लक्ष्मी बिक कामविहिन छिन। निर्माण क्षेत्रमा दैनिक ज्यालादारी काम गर्ने उनी हालसम्म काममा फर्किन सकेकि छैनिन। उनले आफु सहित २ छोरीहरुलाई जनाको परिवार पाल्नुपर्छ उनी भन्छीन, कोरोना भाइरसका कारण मेरो रोजगारी खोसियो ।’ उनीजस्तै दैनिक ज्यालादारी काम गर्ने यहाँकी सरस्वती पोखरेल पनि काममा नगएको २ महिना भन्दा बढी भइसक्यो। अझै कहिलेसम्म काममा नजाने हो त्यो अनिश्चित छ। यो समयमा निर्माण सम्बन्धी काम पाउनै मुस्किल भएको उनले गुनासो गरिन ।कोरोना भाइरस (कोभिड–१९) को प्रभाव हरेक क्षेत्रमा परेको देखिन्छ । समग्र विश्वलाई नै प्रभाव पारेको कोरोना संक्रमणका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई उनीहरूको दैनिक गुजारामा समस्या पैदा हुन थालेको छ। यस अघि एक फ्याक्ट्रिमा काम गर्ने गरेकी बुटवल रानिगंजका निर्मला थारु अहिले भने विभिन्न स्थानमा इँटा र बालुवाको काम गर्ने गरेको बताइन्। ‘महिनाको पूरै दिन काम पाइँदैन,’ निर्मलाले भनिन्, ‘महिनामा १२÷१५ दिन मात्र काम पाइन्छ।’ त्यति दिन काम गरेको पैसाले महिनाभरि खानाको जोह गर्ने गरेको उनले बताइन्।

उनले दैनिक पाँच सय रूपैयाँ ज्याला पाउँछिन्। महिला र पुरुषमा समान ज्याला नहुँदा उनी धेरै काम गरे पनि थोरै पारिश्रमिक पाउँछिन्। ‘कुनै महिना त कामै पाउन मुस्किल हुन्छ,’ यो बाध्यता निर्मलाको मात्र होइन अधिकांश विपन्न र गरिब वर्गका श्रमिकका पीडा हो।

बुटवल क्षेत्रकै विभिन्न स्थानमा निर्माण क्षेत्रमा काम गर्दै आएका लोक बहादुर नेपाली र उनकी श्रीमती चमेलीको कमाइले ५ जनाको परिवार पाल्नुपर्छ ।

उनिहरुले पनि मजदुरी काम गरेर घरपरिवार पाल्दै आएका छन् । उनीहरु बुटवल १७ कै शिवनगरकै एक घरमा भाडा तिरेर बस्छन् । नेपाली र उनकी श्रीमतीले गरेको कमाइले खान र घरभाडा तिर्न मुस्किल हुने र घर खर्चमै कमाइ सकिने गरेको उनको भनाइ छ । यो समयमा महिना भरि नै काम नपाइने समस्या भोग्नुपरेको उनले बताए ।

लकडाउनको अवधिमा घरबेटीले भाडा छुट नदिएको र सरकारले तल्लो क्षेत्रमा काम गर्ने श्रमिकलाई वितरण गरेको राहत नपाएको उनको गुनासो छ ।

यस्तै बुटवल १७ कै बिष्णु सिंहको पनि समस्य पनि उस्तै छ । बुटवल क्षेत्रमा घर निर्माणको काम गर्ने उनलाई लकडाउनको अवधिमा परिवार पाल्न मुस्किल प¥यो । २ महिना कामविहीन बस्दा परिवार पाल्नका लागि ऋ ण लिएर दैनिकी चलाउनुपर्ने अवस्था आएको बताउँछन् ।

भावना थापालाई कोरोना भाइरसको भन्दा पनि बिहान र बेलुका छाक कसरी टार्ने भन्ने चिन्ता छ ।

बालुवा र इँटा बोकेर परिवार पाल्दै एउटा छोरोलाई विद्यालय पढाउँदै गरेको राधिका बताउँछिन् । बालुवा र इँटा बोकेबापत दैनिक ६ सय पारिश्रमिक पाउने गरेको र यही पैसाले परिवार धान्ने गरेको भावनाले बताइन् ।

‘गरिबको जीवन साँघुरो छ । मजदुरी गरेर दैनिकी गुजार्न धेरै हम्मेहम्मे पर्छ । दैनिक ८ घण्टा बालुवा र इँटा बोकेर दिन बित्छ । एक साता काम पाइएन भने परिवार पाल्न समस्या हुन्छ,’ उनले भनिन्, ‘कोरोनाका कारण काम पाउन गाह्रो छ । काम नगरी बिहानरबेलुका छाक टार्न मुस्किल पर्छ । गाउँमा जान (स्याङजा) सक्ने अवस्था छैन । फेरि गाँउ जाँदा कोरोना परीक्षण गर्नुपर्छ रे, पैसा छैन यसैले दशैमा पनि घर गएनौ।’

बिहानरबेलुका कसरी छाक टार्ने भनेर समस्या भइरहेका बेला कोरोना परीक्षण गर्न खर्च जुटाउन सम्भव नभएको उनको भनाइ छ । कोरोनाका कारण गाउँ जान सक्ने अवस्था नभएकाले शहरमा एक छाक खाएर भए पनि बाध्यताले बस्नुपरेको भावना बताउँछिन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित फुटपाथका व्यापारी, गरिब, सुकुम्बासी, ठेलावाला, रिक्सावाला, भरिया, दैनिक ज्यालादारी भएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गर्दा सबै आर्थिक क्रियाकलाप रोकिँदा निम्न वर्गका मजदुरको रोजगारीसमेत गुमेको छ । रोजगारी गुमेपछि समयमै काम नपाएपछि उनीहरूलाई परिवार पाल्न समस्या भइरहेको छ ।

दैनिक ज्याला मजदुरी गर्नेको संख्या करिब २१ लाख रहेको केन्द्रीय तथ्यांक विभागको प्रतिवेदनमा उल्लेख छ ।

हरेक वर्ष आउने प्राकृतिक विपद्का कारण ५ प्रतिशत मजदुरले रोजगारी गुमाउन बाध्य हुँदा उनीहरूका घरपरिवारमा भोकमरीसम्मको समस्या उत्पन्न हुने गरेको राष्ट्रिय योजना आयोगले गरेका मजदुरसम्बन्धी अध्ययनमा उल्लेख छ ।

यसरी रोजगारी गुमाएका मजदुरका छोराछोरी पढ्नबाट समेत वञ्चित भएर मजदुरी गर्न बाध्यकारी हुनुपर्ने अवस्था भएको आयोगले जनाएको छ ।

कोरोना भाइरस नियन्त्रण गर्ने सरकारले लकडाउन गर्दा धेरै ज्यालादारी मजदुर आर्थिक चेपटासँगै बिहानबेलुकाको छाक टार्ने मुस्किल हुने थालेको विभिन्न ट्रेड युनियनहरूले बताइरहेका छन् ।

कोरोना भाइरसका कारण विभिन्न क्षेत्रमा काम गर्ने ५४ प्रतिशत मजदुर रोजगारीबाट वञ्चित भएको मजदुर संगठनको अध्ययनमा उल्लेख छ ।

लकडाउन अवधिमा घरभाडादेखि अन्य सुविधाबाट वञ्चित हुँदा मजदुरहरूको दैनिकी कष्टकर भएको आईएलओको अध्ययनमा उल्लेख छ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका मजदुरका छोराछोरीमा शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने आईएलओको अध्ययनमा औँल्याइएको छ ।

दैनिक ज्याला मजदुर गरेर खाने लगायत विभिन्न किसिमका कार्य गर्ने विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित भएका छन् । मूलतः संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठनले कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको छ । नेपालमा दैनिक ल्यालादारी श्रमिकको संख्या करिब ६० लाख रहेको विभागको अनुमान छ ।

 

प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij