काठमाडौं – सरकारलाई सर्बोच्च अदालतले कक्षा ११ र १२ बाट गणित विषय नहटाउन अल्पकालिन अन्तरिम आदेश दिएको छ । कक्षा ११ र १२ बाट गणित हटाउन खोजिएको भन्दै गणित समाजलगायतले विरोध गर्दै आएका थिए ।
गणित समाजले गणित विषय हटाउन नहुने भन्दै सर्बोच्चमा रिट हालेका थिए । आज सर्बोच्च अदालतले कक्षा ११ र १२ मा गणित हटाउने वा नहटाउने भनेर छलफल गर्नका लागि अन्तरिम आदेश दिएको हो ।
‘संविधानको अनुसूची ८ को देहाय ८ अनुसार स्थानीय तहको एकल अधिकार सूचीको तथा स्थानीय सरकारको अधिकारक्षेत्र भित्रको विषयमा केन्द्रले पाठ्यक्रमको प्रारूप तयार पारेको तर लागू भइनसकेको सन्दर्भमा सुविधा सन्तुलनको दृष्टिकोणले छलफलबाट अन्तरिम आदेशको टुङ्गो नलागेसम्म विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्नू यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाउँमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२)(ख) अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ’ आदेशमा भनिएको छ ।
नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय गणित विभाग उपप्राध्यापक डा. जीवन काफ्लेले सर्बोच्च अदालतले ११ र १२ को विवादित पाठयक्रम प्रारुप अहिले लागू नगर्नु नगराउनु भनेर अल्पकालिन अन्तरिम आदेश दिएर छलफलका लागि बोलाएको बताए ।
उनले भने ‘गणित प्रेमीहरुले उठाएको ११ र १२ को पाठयक्रम प्रारुप सम्मधित अवाज सम्मानित सर्बोच्च अदालतले केही हदसम्म सुनुवाई गरेकोमा म सम्पुर्ण गणितप्रेमिको तर्फबाट सम्मानित सर्बोच्च अदालतलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’
विज्ञान विषयमा गणित नहुँदा के हुन्छ ?
विज्ञान विषयको भाषा नै गणित हो । विना भाषाको सिकाइको कल्पनै गर्न सकिँदैन । गणित विज्ञानको आधार र मेरुदण्ड दुवै हो । विज्ञान गणितबाट सुरु हुने हो । विज्ञानका मोडल र इकोइसनमा गणित नै हुन्छ । विज्ञानको जुनसुकै विषयमा र क्षेत्रमा गणित हुन्छ । विज्ञानबाट गणित हट्यो भने विद्यार्थीले विज्ञान पढ्नै सक्दैनन् ।
गणित पढेका पनि भौतिकशास्त्रको कक्षामा हुन्छन्, नपढेका पनि हुन्छन् अनि कसरी विद्यार्थीलाई शिक्षकले पढाउने भन्ने पनि हुन्छ । भौतिकशास्त्र कोर्ष हेर्ने हो भने पनि पहिलो पाठमा नै गणित छ । गणित हटाउने हो भने विद्यार्थी कमजोर हुनेछन् । त्यसैले गणित विनाको विज्ञान हुनै सक्दैन ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्