काठमाडौं – नेपाली कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएको छ । कांग्रेसका ५ केन्द्रीय सदस्य तथा एक आमन्त्रित केन्द्रीय सदस्यलाई कोरोना पोजेटिभ भएको हो ।
कांग्रेस सांसद केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडु, केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्र पाण्डे, सांसद सुजता परियारलाई पनि कोरोना पोजेटिभ भएको छ ।
यसैगरी केन्द्रीय सदस्य किरण यादव, मोहम्मद नसिर सिद्धिकी तथा आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
कार्तिक १६ गते कोरोना पोजेटिभ भएका सांसद बडु हाल होम आइसोलेसनमा छन् । उनको स्वास्थ्यमा खासै समस्या छैन । पार्टीको विभिन्न भर्चुअल गतिविधिहरुमा उनले सहभागिता जनाइरहेका छन् ।
सांसद पाण्डे, परियार पनि अहिले होम आइसोलेसनमा छन् । अन्य तीन जना केन्द्रीय सदस्यहरुपनि होम आइसोलेसनमा रहेका छन् । पोजेटिभ भएका ६ जनालाई कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य लाभको कामना गरेका छन् ।
कांग्रेस नेता पूर्वमन्त्री मीन विश्वकर्मा कोरोना संक्रमणबाट गम्भिर भएर ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् । उनको अवस्था सुधारोन्मुख छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्