काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनको युरोप भ्रमण पुरा गरी स्वदेश फर्किएकी छन् ।
पोल्यान्डको कातोविचमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम (कोप २४)मा सहभागी हुन उनी गत शनिबार त्यतर्फ गएकी थिइन्।
त्यहाँ राष्ट्रपति भण्डारीले पोल्यान्डका समकक्षी आन्द्रेइज सेवास्टिन डुडासँग भेटवार्ता समेत गरेकी थिइन्।
राष्ट्रपति भण्डारीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, संघीय सांसदका सदस्य कृष्णगोपाल श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, पुष्पा भुसाल गौतम, रामसहाय प्रसाद यादव र चन्द्रा चौधरी सहभागी थिए।
प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्