नयाँ शक्तिको कार्ययोजना : ५ महिना, ५ काम, ५ परिणाम

नयाँ शक्तिको कार्ययोजना : ५ महिना, ५ काम, ५ परिणाम

बुटवल । नयाँ शक्ति नेपालका प्रदेश न ५ संयोजक कमल खनालले ५ महिना, ५ काम, पांच परिणाम अन्र्तगत कार्ययोजना बनाएर कार्यक्रमहरु गर्ने तयारी पार्टीले गरेको बताएका छन् ।

बिहीबार बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नयाँ शक्तिले ५ वर्ष पछिका लागि भोटर तयार गर्ने रणनिती सहित अघि बढ्ने जनाए ।

साथै उनले पार्टीको मुख्य ३ काम सहित अघि बढ्ने बताउंदै अबको कार्यदिशा संगठन सुदृढीकरण, सामाजिक आन्दोलन र घुर्वीकरण रहेको जनाए ।

यस्तै पार्टीका प्रदेश प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले अहिलेको संविधान पूर्ण नभएको बताउंदै संविधानमा संघियताको व्यवस्था सिमांकन सिद्धान्त अनुसार नभएको तर्क गरे ।

नागरिकताको सवालमा कानून आएपनि आमाको नामबाट लिन पाईने अधिकारको कार्यान्वयन गंजागोलमा रहेको र सरकारी कर्मचारी राज्य सरह भएकाले उनीहरुको काम कर्तव्यमा पनि जनताको चाहना अनुरुपको परिवर्तन आवश्यक रहेकामा जोड दिंदै यी कार्य पुरा नभएसम्म समाजवादको कुरा गर्नु औचित्यहीन भएको उनकाे भनाई थियाे ।

उनले भने,–‘राज्यबाट पालिएका कर्मचारी दलगत बनेर काम गर्न पाईंदैन ।’ संवैधानिक आयोगहरुमा रिटायर भएकाहरुलाई नियुक्त गर्नु लज्जास्पद भएको भन्दै उनले त्यसमा रिफन्ड गरी वास्तविक उन्नत लोकतन्त्रको स्थापना जररी रहेको भनाई राखे ।

नयाँ शक्तिका प्रदेश प्रचार प्रसार संयोजक पंकज राईको संचालनमा सम्पन्न कार्यक्रममा प्रदेश ५ का संगठन विभाग प्रमुख यज्ञ पोख्रेल, कार्यालय सचिव विमल गिरी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij