थोर्गा रुपन्देही सम्पर्क समाजको छैठौं साधारणसभा रुपन्देहीको तिलोत्तमामा सम्पन्न

थोर्गा रुपन्देही सम्पर्क समाजको छैठौं साधारणसभा रुपन्देहीको तिलोत्तमामा सम्पन्न

बुटवल ।

थोर्गा रुपन्देही सम्पर्क समाजको छैठौं साधारणसभा रुपन्देहीको तिलोत्तमामा सम्पन्न भएको छ ।कोरोना भाइरस कोभिड १९ को महामारीका कारण सामाजिक दुरी कायम गरि न्युन सदस्यहरुको उपस्थितीमा साधारणसभा गरिएको हो ।गुल्मीको रूरूक्षेत्र थोर्गामा जन्मभइ रूपन्देहीमा बिभिन्न कामको शिलशिलामा रहने र बसोबास गर्नेहरूको साझा संस्थाको रूपमा समाज परिचित छ ।सो अबसरमा बोल्दै समाजका अध्यक्ष मिनप्रसाद पोखरेलले कोरोना कालमा समाजले समाजिक कार्यहरुलाइ तिब्रता दिएको बताउनुभयो ।

उहाले राहत बितरण,रक्तदान,स्वास्थ्य तथा स्टेशनरी सामाग्री बितरण लगायतका रचनात्मक काम गरिएको बताउनुभयो । कार्यक्रममा संस्थाका निर्बतमान अध्यक्ष रामप्रसाद पोखरेल,ज्ञानप्रसाद ज्ञवालीले समाजले गुल्मी थोर्गा र रुपन्देहीलाइ लेख र बेसीको रुपमा पुलको काम गरिरहेको बताउनुभयो ।कार्यक्रम सचिब रामचन्द्र्र ज्ञवालीको संचालनमा भएको थियो । समाजको २०७६ भदौमा भएको चौथो साधारणसभा तथा दोश्रो अबिधेशनले आगामी २ बर्षका लागि मिनप्रसाद पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij