लन्डन : बलिउड अभिनेत्री दीपिका पादुकोण पचास’सेक्सिएस्ट एसियन वुमेन’को सूचिमा पहिलो बनेकी छन्।
बुधबार सार्वजनिक भएको यो सूचि बेलायतबाट प्रकाशित हुने ‘इस्टर्न आइ’ साप्ताहिकले निकालेको हो।
यस सूचिको दोश्रो नम्बरमा अर्की अभिनेत्री प्रियंका चोपडा रहेकी छन्। गत वर्ष उनी पहिलो नम्बरमा थिइन्।
यसै गरी टेलिभिजन अभिनेत्री निया शर्मा तेश्रो स्थानमा छिन् भने चौथो स्थानमा पाकिस्तानी अभिनेत्री माहिरा खान छिन्।
यस्तै सिभाङ्गी जोशी पाँचौ स्थानमा रहँदा आलिया भट् तथा सोनम कपुर छटौं र सातौं स्थानमा छन्।
यसैगरी क्याटरिना कैफ नवौं स्थानमा रहँदा टेलिभिजन अभिनेत्री हिना खान उनीभन्दा एकस्थान माथि परेकी छन्।
सूचिको दशौं स्थानमा नीति टेलर छिन् भने ऐश्वर्या राय ३० औं स्थानमा रहेकी छन्।
यो सूचि सामाजिक संजाल र भोटका आधारमा तयार पारेको सो साप्ताहिकको दाबी छ। यस सूचिलाई आगामीशुक्रबार औपचारिक रूपमा सार्वजनिक गरिनेछ।
प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्