बुटवल । बलिउड अभिनेत्री सन्नी लियोनीले नाचेको नेपाली ‘पासवर्ड’ सिनेमाका तस्विरहरू सार्वजनिक गरिएका छन्। निर्माणपक्षले ती तस्विर सार्वजनिक गरेको हो।
सो गीतलाई लन्डनमा करिब दुई सय कोरसको साथमा खिचिएको निर्माण युनिटले जनाएको छ। गीत छायाँकनका लागि सन्नी ७ जनाको टिमसहित मुम्बईबाट लन्डन पुगेकी थिइन्।
सो गीतमा नाच्नका लागि सन्नीले करिब २ करोड भारू पारिश्रमिक लिएको निर्माताले दाबी गर्दै आएका छन्।
‘सन्नि हो नाम मेरो’ बोलको गीतमा बलिउडका कोरियोग्राफर प्रयोग गरिएका छन्।
गीतलाई बलिउड कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका हुन् । विष्णुदेभा सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरेका कोरियोग्राफर भएको’;पासवर्ड’ निर्माताले जानकारी दिएका छन् ।
यस गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ।निर्माणपक्षले लुक्स आउट नगर्ने भन्दै फिल्ममा समावेश अन्य नेपाली कलाकारहरुको तश्विरहरु भने सार्वजनिक गरेको छैन । सम्राट बस्नेत सिनेमाका निर्देशक हुन्। यो उनको डेब्यू सिनेमा हो ।
निर्देशक सम्राट बस्नेतले सिनेमाको कथा र स्कृनप्लेले गरेको माग अनुसार नै आफ्नो फिल्ममा सन्निलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए ।
एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन ।
यो फिल्मलाई विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने विक्रम जोशी ‘विक्की’, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतले अभिनय गरेका छन्।
हेराैँ केही तस्बीरहरु






प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्