तरुण दलको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

तरुण दलको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

गैडहवा-नेपाल तरुण दल कञ्चन गाउ कार्य समितिको आयोजनामा शुभ दीपावली,नेपाल सम्वत तथा छठ पर्वको शुभ अवसरमा शुभ कामना तथा चियापान कार्यक्रम रुपन्देहीको सबैभन्दा ठूलो ताल गैडहवा तालमा सम्पन्न भएको छ।
शुभ कामना तथा चियापान कार्यक्रममा तरुणहरुलाई सम्वोधन गर्दै लुम्बिनी प्रदेश रुपन्देही क्षेत्र नं. ५(ख)का सांसद फकरुद्धिन खांले नेपाली कांग्रेसको महत्वपुर्ण अंग नै तरुण दल भएको र तरुणहरुलाई राजनैतिक,सैद्धान्तिक र सांगठनिक रुपमा बलियो बनाउन सके नेपाली कांग्रेस कहिल्यै कम्जोर र पराजित नहुने बताउनु भएको छ। नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भुमिका रहेको र प्रतिपक्षको धर्म भनेको सत्तपक्षलाई सदैव जनमुखी काम गर्न सुझाव दिने र जनबिरोधी काम गरे शसक्त बिरोध गर्ने बताउनु भएको छ ।
लुम्बिनी प्रदेश सभाका लागि नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक समेत रहनु भएका खांले पार्टीले केही गर्न सकेन भन्ने तरुण युवाहरुका लागि बिशेष सम्वोधन गर्दै पार्टीले सदनमा सरकारले गरेका हरेक गलत कायहरुको बिरोध गरेको र सडकमा पनि सत्ताको दुरुपयोग गरेर आलिसान सुबिधाहरु सहितको सेवा लिइरहेको तर कोभिड १९को यो बिषम परिस्थितीमा जनताको स्वाथ्योपचार बारे कुनै ध्यान नदिई सिंहदरवारमा पार्टी एकताको नाममा भइरेहेको सत्तापक्ष नेताहरुको बैठकले उनिहरुकै उचाईमा प्रश्न चिन्ह लागिरेहेको, जनताको सेवाको लागि काम गर्नु पर्नेमा आफ्ना नेता कार्यकर्ता र नातेदारहरुको भरण पोषणमा लिप्त सरकारको नेपाली कांग्रेसले निरन्तर बिरोध गरिरहेको र गाउ गाउमा पनि स्थानिय सरकारले गरेका राम्रा कामहरुको स्रहना र गलत कामहरुको कडाइका साथ बिरोधका कार्यक्रमहरुको आयोजना गर्नु पर्नेमा जोड दिनु भएको थियो । सरकारले लिएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री ग्रामिण कृषि बिकास कार्यक्रमले गरेका कामहरु र ती कार्यक्रमहरुको नाममा हुने अनियमित्ताका बारेमा स्थानिय तहका कार्यकर्ताहरुले निगरानी गर्नु पर्ने समेत सांसद खांले जोड दिनु भएको छ ।
यसैगरी नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ का सभापति ओसिउल्लाह मुसलमानले तरुणहरुले नै गाउ गाउमा पार्टीको झण्डा फरफराउनु पर्ने त्यसको लागि तरुणहरु संगठन बिस्तारमा लाग्नु पर्ने बताउनु भएको छ । अव स्थानिय चुनावको समय नजिकिदै गैरहेको र तरुणहरु बैचारिक र राजनैतिक रुपमा बलियो हुनु पर्ने र त्यसको लागि पार्टीको राजनैतिक तथा सैद्धान्तिक प्रशिक्षणका लागि आफुले प्रशिक्षण कार्यक्रमहरुको ब्यबस्थापन गर्ने बताउनु भएको छ।
नेपाली कांग्रेसका युवा नेता बिष्णु पोख्रेलले हरेक युवाहरुलाई रोजगारसंग जोड्नु पर्ने बताउनु भएको छ ।नेता पोख्रेलले युवाहरुको सिप र क्षमता अनुसारको रोजगार सहितको कार्यक्रमले मात्र युवाहरुमा आफ्नो देश प्रतिको माया हुने भएकोले आामी चुनावमा नेपाली कांग्रेसलाई बहुमतले जिताउने गरी तरुणहरु क्रियाशिल हुन सके अवको बिकास रोजगार सहितको बिकासमा परिणत हुने उल्लेख गर्नु भएको थियो । यसैगरी जिल्ला सदस्य देबिराम रेग्मीले कुनै पनि पार्टीका लागि युवा र युवाका लागि पार्टी एक सिक्काका दुई पाटा भएकोले नेपाली कांग्रेसका लागि तरुण दल मुटु भएकोले तरुणलाई बलियो र बैचारिक रुपमा सचेत बनाईनु पर्नेमा जोड दिनु भएको थियो ।
यस्तै जिल्ला सदस्य डोल बहादुर थापा,नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५(क)का सभापति राम बहादुर थापा,नेपाल तरुण दलका जिल्ला सचिव रमेश शाही लगायतले पार्टीको बैचारिक र राजनैतिक पक्षमा बोल्नु भएको शुभकामना तथा चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा),नेकपा माओवादी (क्रान्तीकारी) लगायत पार्टी परित्याग गरि ५० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन भने पार्टीमा प्रबेश गर्ने नेता कार्यकर्ताहरुलाई लुम्बिनी प्रदेश रुपन्देही क्षेत्र नं. ५(ख)का सांसद फकरुद्धिन खांले स्वागत तथा अभिनन्दन गरी पार्टी सदस्य प्रदान गर्नु भएको थियो ।
नेपाल तरुण दल कञ्चन गाउ कार्य समितिका सभापति हिमाल थापाको अध्यक्षता तथा चुडामणी पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij