बुटवल । नेक्स्ट रेभुलेसन नेपालले आयोजना गर्न लागेको निशान-प्रताप बुटवल कन्सर्टको तयारी पुरा भएको छ ।
बुटवलमै पहिलो पटक हुन लागेको कन्सर्टको सम्पूर्ण तयारी पुरा भएको नेक्स्ट रेभुलेसन नेपालका प्रबन्ध निर्देशक राजिव खनालले जानकारी दिए ।
मंसीर २२ गते बुटवलको देबिनगरको लुम्बिनी बाणिज्य क्याम्पसको मैदानमा हुने कन्सर्टमा नेपाल आईडल अन्तीम ५ भित्र परेका सुजाता पाण्डे, सेकेण्ड रनरअप प्रताप राना , फस्ट रनरअप निशान भट्टराई लगायत स्थानीय कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने छन् ।
दिउँसो ३ बजेबाट शुरु हुने कन्सर्टका टिकटहरु बुटवलका बिभिन्न स्थानमा स्टलहरु राखेर बिक्रि बितरण भईरहेको निर्देशक खनालले जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्