बुटवल।
भुमि ब्यबस्था समस्या समाधान आयोगका अध्यक्ष ज्ञवालीले रुपन्देहीको कञ्चनबाट जग्गा नापी शुरु हुने बताएका छन ।
आगामी ३ बर्षमा भुमि ब्यबस्था समस्या आयोगद्धारा १४ लाख अब्यबस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा बितरण गर्ने र पहिलो चरणमा कञ्चन गाउपालिकाबाट नापी कार्य गर्नेगरी भुमि ब्यबस्था समस्या समाधान आयोगले सम्पुर्ण तयारी गरेको अध्यक्ष ज्ञवालीले बताए ।
बुधवार कञ्चन गाउपालिकाद्धारा आयोजित भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अब्यबस्थित बसोबासीहरुको ब्यबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रममा अध्यक्ष देबि ज्ञवालीले सो कुरा बताएका हुन् ।
अब्यबस्थित बसोबास सम्बन्धी समस्या समाधानका लागि कञ्चन गाउपालिकाले देखाएको तत्परताका कारण देशभरका एक सय स्थानियतहरु मध्ये कञ्चन गाउपालिकामा अब्यबस्थित बसोबास सम्बन्धी समस्या समाधानका गर्न आयोगले पहिलो प्राथमिकतामा राखेको बताए ।
अहिलेको आयोग बिगतमा गठन भएका आयोगहरु जस्तो कमजोर धरातलबाट गठन भएको नभई संसदमा छलफल र बहस पछि भएको बताउदै उनले देश भरका करिब १४ लाख भुमिहिन दलित,भुमिहीन सुकुम्वासी र अब्यबस्थित बसोबासीहरुको समस्या समाधान गर्न आयोग तत्पर रहेको उल्लेख गरे ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ (क) सांसद भुमिश्वर ढकालले नेकपा सरकारको नेतृत्वमा बनेको भुमि ब्यबस्था समस्या समाधान आयोगले भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अब्यबस्थित बसोबासीहरुको समस्यालाई सधैका लागि अन्त्य गर्ने बताए ।
कार्यक्रममा भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सदस्य शोभाराम बस्नेतले बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९का कारण आयोगले भौतिक रुपमा काम गर्न नसकेको भएपनि भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अब्यबस्थित बसोबासी समस्या समाधानका लागि आवस्यक पर्ने ऐन, नियमावली र कार्याविधी तयार गर्ने कार्यलाई तिब्रता दिएको जानकारी गराए ।
आयोगका सदस्य सचिव लिला प्रसाद शर्मा र उप–सचिव राजेन्द्र अर्यालले आयोगको गठन आदेश २०७६,भुमि सम्बन्धी ऐन २०२१ (आठौं शंसोधन)२०७६,भुमि सम्बन्धी (अठारौंं शंसोधन) नियमहरु २०७७ भुमिहिन दलित,भुमिहिन सुकुमवासी र अब्यबस्थिच बसोबासीको पहिचान र प्रमाणिकरणका आधार र मापदण्ड २०७७ लगायत बिषयहरुबारे सरोकारवालाहरु बिच सहजिकरण गरेका थिए ।
कार्यक्रममा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले अब्यबस्थित रुपमा बस्दै आएका हरेक कञ्चनवासीले अव ब्यबस्थित रुपमा बसोबास गरेको र भोगाधिकार सहितको जग्गाधनी पुर्जा प्राप्त गर्ने बताए ।
गाउपालिकाका उपाध्यक्ष गोमा तरामुको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय दिननाथ आचार्य, नन्द बहादुर खडकाथोकी र राष्ट्रिय भुमि अधिकार मञ्चका शंकर प्रसाद आचार्य, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का भरतमणी सापकोटा र धनकुवेर बुढाथोकी,जनता समाजवादी पार्टीका सोमनाथ पौडेल,साबिक रुद्रपुर गा.बि.स.का पुर्व गा.बि.स. अध्यक्ष लक्ष्मीकान्त पौडेल,प्यावसन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, कार्यपालिका सदस्य गिता थापा,महिला अधिकारकर्मी हिमा बेलवासे,गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले गरेका लगायतले आ आफ्नो भनाई राखेका थिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्